नियम ४
नाम दर्ता तथा पुन नाम दर्ता दस्तुर
(१) स्वास्थ्य व्यवसायीको रुपमा परिषद्मा
नाम दर्ता गर्नको लागि देहाय बमोजिमको दस्तुर लाग्नेछः–
(क) विशिष्ट तहको लागि दुई हजार रुपैयाँ,
(ख) प्रथम तहको लागि एक हजार पाँच सय रुपैयाँ,
(ग) द्वितीय तहको लागि एक हजार रुपैयाँ,
(घ) तृतीय तहको लागि सात सय रुपैयाँ ।
(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी शिक्षण
संस्थाबाट शैक्षिक उपाधि वा तालीम प्राप्त गरेका व्यक्तिले परिषद्मा स्वास्थ्य व्यवसायीको
रुपमा नाम दर्ता गर्नको लागि देहाय बमोजिमको दस्तुर लाग्नेछः–
(क) विशिष्ट तहको लागि चार हजार रुपैयाँ,
(ख) प्रथम तहको लागि तीन हजार रुपैयाँ,
(ग) द्वितीय तहको लागि दुई हजार रुपैयाँ,
(घ) तृतीय तहको लागि एक हजार पाँच सय रुपैयाँ ।
(१ख) उपनियम (१) र (१क) बमोजिम दस्तुर परिषद्को सिफारिसमा नेपाल
सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी हेरफेर गर्न सक्नेछ ।
(२) नियम १३ बमोजिम पेशागत आचरणको उल्लंघन गरेको वा ऐनको दफा १९
बमोजिम नाम दर्ता भै परिषद्को दर्ता किताबबाट नाम हटेकोमा पुन नाम दर्ता गर्नु
परेमा शुरु नाम दर्ता दस्तुर सरहको दर्ता दस्तुर बुझाउनु पर्नेछ ।
(३) कुनै गैर नेपाली नागरिकले स्वास्थ्य व्यवसायीको रूपमा परिषद्मा आफ्नो नाम
दर्ता गराउन चाहेमा उपनियम (१क) बमोजिमको दस्तुरको दोब्बर दस्तुर बुझाउनु पर्नेछ ।